काठमाडौं। महालक्ष्मी विकास बैंकले बिजचित्र फोटोग्राफी प्रतियोगिताका विजेतालाई पुरस्कृत गरेको छ।
प्रतियोगितामा सुयोग कुँवर प्रथम, पारस बज्राचार्य दोस्रो र देवानन्द पोखरेल तेस्रो भएका छन्। कुँवरले २५ हजार, बज्राचार्यले २० हजार र पोखरेलले १५ हजार रुपैयाँ पाएका छन्।
बैंकले साना तथा मझौला व्यापार झल्कने १५ वटा फोटोलाई प्रतियोगितामा प्रतिस्पर्धा गराएको थियो। स्थानीय तहमा सञ्चालित व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले बैंकले फोटोग्राफी प्रतियोगिता गरेको हो।










