कुमारी बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणाली सुदृढ, पायो आईएसएमएस प्रमाणपत्र



बिजमाण्डू
२०८२ फागुन ४ गते १७:०९ | Feb 16, 2026
कुमारी बैंकको सूचना सुरक्षा व्यवस्थापन प्रणाली सुदृढ, पायो आईएसएमएस प्रमाणपत्र

काठमाडौं। कुमारी बैंकले अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) प्रमाणपत्र प्राप्त गरेको छ।

Tata
GBIME
Nepal Life

आईएसएमएसमा मूलतः ९३ वटा नियन्त्रण हुन्छन्। ती नियन्त्रण कार्यान्वयन भए/नभएको स्वतन्त्र बाह्य अडिटमार्फत सुनिश्चित गरी प्रमाणपत्र प्रदान गरिन्छ।

आईएसएमएस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रण अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको देखाउँछ।

यो प्रमाणपत्रले बैंकले ग्राहकको तथ्यांक सुरक्षित तथा गोप्य राखेको, अनधिकृत पहुँचबाट जोगाउने गरेको र सुदृढ सुरक्षा प्रणाली कार्यान्वयन गरिरहेको प्रमाणित गर्छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले आईएसएमएस प्रमाणपत्र प्राप्त गर्नु ग्राहकको वित्तीय सूचनाको सुरक्षाप्रति बैंकको दृढ प्रतिबद्धताको प्रतिबिम्ब भएको बताए।

‘सुरक्षित र विश्वसनीय बैंकिङ वातावरण प्रदान गर्न हामी प्रविधि, जनशक्ति र प्रक्रियामा निरन्तर लगानी गर्दै जानेछौं,’ खनाललाई उद्यृत गर्दै बैंकले सोमबार जारी प्रेस विज्ञप्तिमा भनेको छ।