सालपा विकास बैंकको आइपीओ नेप्सेमा सूचीकृत, कारोबार आइतबारदेखि, ओ‌पनिङ रेन्ज कति?



बिजमाण्डू
२०८२ फागुन १ गते १६:५८ | Feb 13, 2026
सालपा विकास बैंकको आइपीओ नेप्सेमा सूचीकृत, कारोबार आइतबारदेखि, ओ‌पनिङ रेन्ज कति?

काठमाडौं। सालपा विकास बैंकको सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। बैंक र नेप्सेबीच शुक्रबार सेयर सूचीकरण सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

बैंकको ५२ लाख २३ हजार ८८० कित्ता स‍ेयर नेप्सेमा सूचीकृत भएकामा ३३ प्रतिशतले हुन आउने १७ लाख २३ हजार ८८० कित्ता सर्वसाधारणतर्फको हो।

बैंकलाई नेप्सेले पहिलो कारोबारका लागि १०० देखि ३०० रुपैयाँसम्मको रेन्ज दिएको छ।