सिद्धार्थ बैंकले ३ अर्ब ५० करोड रुपैयाँको सेयर निष्कासन गर्ने, सेबोनले दियो अनुमति



बिजमाण्डू
२०८२ पुष २१ गते १७:३८ | Jan 5, 2026
सिद्धार्थ बैंकले ३ अर्ब ५० करोड रुपैयाँको सेयर निष्कासन गर्ने, सेबोनले दियो अनुमति

काठमाडौं। सिद्धार्थ बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न सोमबार अनुमति दिएको हो।

Tata
GBIME
Nepal Life

बैंकले सेबोनबाट अनुमति पाएसँगै ८.२५ प्रतिफल दिने गरी ‘एसबीएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ निष्कासन गर्नेछ।

बैंकले अंकित मूल्य १०० रुपैयाँ दरमा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बिक्री गर्न लागेको हो। बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल छ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो।

परिपत्र विधिबाट निष्कासन हुने यो सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउनेछन्। वितरणयोग्य मुनाफा आर्जन गरेको वर्ष मात्र बैंकले लगानीकर्तालाई लाभांश वितरण गर्छ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थापक समूहको साधारण सेयरमा परिवर्तन हुने सम्भावना रहन्छ।

सेबोनले यसअघि नबिल बैंक, कामना सेवा विकास र एनएमबि बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको स्वीकृति दिइसकेको छ।