काठमाडौं। माछापुच्छ्रे बैंकले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा एक्सटेन्सन काउन्टर सञ्चालन गर्ने भएको छ।
बैंकले आफ्नो १२औँ एक्सटेन्सन काउन्टर त्रिवि शिक्षण अस्पतालमा सञ्चालन गर्ने भएको हो। ।
अस्पतालमा उपचार गराउन आउनेहरुको सुविधालाई मध्यनजर गर्दै एक्सटेन्सन काउन्टर सञ्चालन गर्न लागेको बैंकले जनाएको छ।
एक्सटेन्सन काउन्टर निर्माण गरी सञ्चालनमा ल्याउने सम्बन्धमा बैंक र अस्पतालबीच सम्झौता भएको छ। सम्झौतामा अस्पतालका कार्यकारी निर्देशक डा. सुवासप्रसाद आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन्।
अस्पतालले उपलब्ध गराएको स्थानमा बैंकले आवश्यक संरचना निर्माण गरी काउन्टर सञ्चालनमा ल्याउने छ।
काउन्टरमार्फत अस्पतालमा आउने बिरामीले उपचारका क्रममा बिल भुक्तानी तथा रेमिटेन्स सेवा लगायत विभिन्न बैंकिङ सेवा पाउने बैंकले जनाएको छ।










