कामना सेवा विकास बैंकले लहानको विपन्न वस्तीका दलितलाई गर्‍यो सहयोग, जाडोमा सिरक वितरण



बिजमाण्डू
२०८२ पुष १७ गते १७:३५ | Jan 1, 2026
कामना सेवा विकास बैंकले लहानको विपन्न वस्तीका दलितलाई गर्‍यो सहयोग, जाडोमा सिरक वितरण

काठमाडौं। कामना सेवा विकास बैंकले सिरहाको लहान नगरपालिका-५ का विपन्न परिवारलाई फाइबर सिरक वितरण गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लहान शाखामार्फत दलित तथा विपन्न परिवारलाई जाडोबाट जोगाउन सिरक वितरण गरेको हो।

बैंकका मधेश प्रदेश प्रमुख श्याम चवाईंले स्थानीयलाई सिरक वितरण गरेका थिए। जाडोयाममा फाइबर सिरक पाएकामा स्थानीयले खुशी हुँदै बैंकलाई धन्यवाद दिएका छन्।

सिरक वितरण कार्यक्रममा बैंकका कर्मचारीका साथै, लहान नगरपालिका-५ का अध्यक्ष, उद्योग वाणिज्य संघका अध्यक्ष लगायत उपस्थित थिए।