निर्जीवन बीमा कम्पनीले बढाए व्यापार, पाँच महिनामा १९ अर्ब ५८ करोड रुपैयाँ संकलन



बिजमाण्डू
२०८२ पुष ११ गते १४:०९ | Dec 26, 2025
निर्जीवन बीमा कम्पनीले बढाए व्यापार, पाँच महिनामा १९ अर्ब ५८ करोड रुपैयाँ संकलन

काठमाडौं। अर्थतन्त्रमा देखिएको शिथिलताकाबीच निर्जीवन बीमा कम्पनीले व्यापार बढाएका छन्। चारवटा लघु निर्जीवन बीमा कम्पनीसहित डेढ दर्जनले चालु आर्थिक वर्ष मंसिरसम्म १९ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्।

Tata
GBIME
Nepal Life

इन्स्योरेन्सले यो वर्ष पाँच महिनामा संकलन गरेको प्रिमियम रकम गत वर्ष सोही अवधिको तुलनामा १४.४० प्रतिशत धेरै हो।

पोहोर मंसिरसम्म कम्पनीहरुले १७ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए। प्राकृतिक विपत्ति तथा आन्दोलनका कारण एकपछि अर्को धक्का लाग्दा पनि चालु वर्षमा इन्स्योरेन्सले व्यापार बढाएका हुन्।

इन्स्योरेन्सको नयाँ पोलिसी संख्या ५.९५ प्रतिशतले बढेको छ। गत वर्ष मंसिरसम्म १२ लाख ७० हजार कुल बीमा लेख सक्रिय रहेकामा यो वर्ष सोही अवधिमा बढेर १३ लाख ४१ हजार पुगेको छ।

राष्ट्रिय बीमा कम्पनी र ओरियन्टल बाहेकका कम्पनीले व्यापार बढाएका छन्। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै २ अर्ब २१ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ।

निर्जीवन बीमा कम्पनीले दुई आर्थिक वर्ष मंसिरसम्म आर्जन गरेको प्रिमियम रकम लाखमा

निर्जीवन बीमा कम्पनी२०८१/८२२०८०/८१फरक %
सगरमाथा लुम्बिनी२२१९२.८३२१९९८.३६०.८८
शिखर इन्स्योरेन्स२१५०५.४८१७४२५.७४२३.४१
हिमालयन एभरेष्ट२००७०.१७१४००९.२५४३.२६
सिद्धार्थ प्रिमियर१८६५४.५३१७६८५.८५५.४८
आइजिआई प्रुडेन्सियल१६६८४.७०१४५५२.७०१४.६५
एनएलजी इन्स्योरेन्स१५७८२.७९११३०६.०७३९.६
नेको इन्स्योरेन्स१४३४१.४५१४०३८.२१२.१६
युनाइटेड अजोड१३१२१.७८१०२५५.६८२७.९५
सानिमा जिआईसी१२२१४.६८९९७४.५८२२.४६
ओरियन्टल इन्स्योरेन्स१११७१.१३११२६९.००-०.८७
नेपाल इन्स्योरेन्स कम्पनी१०१७२.१८९४४६.९३७.६८
प्रभु इन्स्योरेन्स७९८५.८९७६६८.४२४.१४
नेसनल इन्स्योरेन्स६०६८.३८५४३४.९३११.६६
राष्ट्रिय बीमा कम्पनी४९३०.९४६७११.८९-२६.५३
स्रोत: नेपाल बीमा प्राधिकरण