काठमाडौं। अर्थतन्त्रमा देखिएको शिथिलताकाबीच निर्जीवन बीमा कम्पनीले व्यापार बढाएका छन्। चारवटा लघु निर्जीवन बीमा कम्पनीसहित डेढ दर्जनले चालु आर्थिक वर्ष मंसिरसम्म १९ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्।
इन्स्योरेन्सले यो वर्ष पाँच महिनामा संकलन गरेको प्रिमियम रकम गत वर्ष सोही अवधिको तुलनामा १४.४० प्रतिशत धेरै हो।
पोहोर मंसिरसम्म कम्पनीहरुले १७ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए। प्राकृतिक विपत्ति तथा आन्दोलनका कारण एकपछि अर्को धक्का लाग्दा पनि चालु वर्षमा इन्स्योरेन्सले व्यापार बढाएका हुन्।
इन्स्योरेन्सको नयाँ पोलिसी संख्या ५.९५ प्रतिशतले बढेको छ। गत वर्ष मंसिरसम्म १२ लाख ७० हजार कुल बीमा लेख सक्रिय रहेकामा यो वर्ष सोही अवधिमा बढेर १३ लाख ४१ हजार पुगेको छ।
राष्ट्रिय बीमा कम्पनी र ओरियन्टल बाहेकका कम्पनीले व्यापार बढाएका छन्। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा धेरै २ अर्ब २१ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ।
निर्जीवन बीमा कम्पनीले दुई आर्थिक वर्ष मंसिरसम्म आर्जन गरेको प्रिमियम रकम लाखमा
| निर्जीवन बीमा कम्पनी | २०८१/८२ | २०८०/८१ | फरक % |
| सगरमाथा लुम्बिनी | २२१९२.८३ | २१९९८.३६ | ०.८८ |
| शिखर इन्स्योरेन्स | २१५०५.४८ | १७४२५.७४ | २३.४१ |
| हिमालयन एभरेष्ट | २००७०.१७ | १४००९.२५ | ४३.२६ |
| सिद्धार्थ प्रिमियर | १८६५४.५३ | १७६८५.८५ | ५.४८ |
| आइजिआई प्रुडेन्सियल | १६६८४.७० | १४५५२.७० | १४.६५ |
| एनएलजी इन्स्योरेन्स | १५७८२.७९ | ११३०६.०७ | ३९.६ |
| नेको इन्स्योरेन्स | १४३४१.४५ | १४०३८.२१ | २.१६ |
| युनाइटेड अजोड | १३१२१.७८ | १०२५५.६८ | २७.९५ |
| सानिमा जिआईसी | १२२१४.६८ | ९९७४.५८ | २२.४६ |
| ओरियन्टल इन्स्योरेन्स | १११७१.१३ | ११२६९.०० | -०.८७ |
| नेपाल इन्स्योरेन्स कम्पनी | १०१७२.१८ | ९४४६.९३ | ७.६८ |
| प्रभु इन्स्योरेन्स | ७९८५.८९ | ७६६८.४२ | ४.१४ |
| नेसनल इन्स्योरेन्स | ६०६८.३८ | ५४३४.९३ | ११.६६ |
| राष्ट्रिय बीमा कम्पनी | ४९३०.९४ | ६७११.८९ | -२६.५३ |