सांग्रिला डेभलपमेन्ट बैंकको २१औं साधारण सभा सम्पन्न, १०.३५ प्रतिशत लाभांश प्रस्ताव पारित



बिजमाण्डू
२०८२ पुष ७ गते १७:०८ | Dec 22, 2025
सांग्रिला डेभलपमेन्ट बैंकको २१औं साधारण सभा सम्पन्न, १०.३५ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले सेयरधनीलाई १०.३५ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकको सोमबार भएको २१औं वार्षिक साधारण सभाले चुक्ता पुँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँको ५.३५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर बाँड्ने प्रस्ताव पारित गरेको हो।

५.३५ प्रतिशत अर्थात १९ करोड ५ लाख ५३ हजार रुपैयाँ नगद लाभांश कर प्रयोजनसहित हो। बैंकका सेयरधनीले ५ प्रतिशत अर्थात १७ करोड ७८ लाख १२ हजार रुपैयाँ बराबरको बोनस सेयर पाउनेछन्।

साधारणसभाले लाभांश प्रस्ताव पारित गरेसँगै बैंकको चुक्ता पुँजी अब ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ पुग्ने भएको छ।

साधारण सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नुका साथै लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ। मर्जर तथा प्राप्तिको प्रस्ताव पनि पारित गरेको बैंकले जनाएको छ।