एससीटीले सुरु गर्‍यो कर्पोरेट इन्टरनेट बैंकिङ, ग्लोबल आइएमई बैंक आवद्ध



बिजमाण्डू
२०८२ पुष ७ गते १६:३५ | Dec 22, 2025
एससीटीले सुरु गर्‍यो कर्पोरेट इन्टरनेट बैंकिङ, ग्लोबल आइएमई बैंक आवद्ध

काठमाडौं। स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी)ले स्विफ्ट टेक्नोलोजिजसँगको सहकार्यमा कर्पोरेट इन्टरनेट बैंकिङ सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

एससीटीले कर्पोरेटदेखि साना र मध्यम उद्यम (एसएमई)सम्मलाई लक्षित गरेर इन्टरनेट बैंकिङ सुरु गरेको हो।

कम्पनीका अनुसार यस सेवामार्फत ग्राहकले सिंगल तथा बल्क अपलोडमार्फत कारोबार गर्ने सुविधा, मेकर चेकर प्रक्रिया, बिल भुक्तानी, तलब व्यवस्थापन, रकम स्थानान्तरण जस्ता सुविधा सहजरूपमा उपयोग गर्न सक्नेछन्।

यो सेवामा ग्लोबल आइएमई बैंक आवद्ध भएको छ। बैंकले बिजनेक्स नाममा आफ्ना ग्राहकलाई यो सेवा प्रदान गर्दै आएको छ।

यो सेवाले बैंकका कर्पोरेट तथा व्यावसायिक ग्राहकलाई सहज, सुरक्षित र छरितोरुपमा डिजिटल बैंकिङ उपलब्ध गराएको कम्पनीले जनाएको छ। बिजनेक्समार्फत ग्राहकले दैनिक वित्तीय गतिविधिलाई स्वचालित, द्रुत र व्यवस्थित बनाउन सक्नेछन्।