काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्स सञ्चालक समितिको बुधबार भएको बैठकले सेयरधनीलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीका लगानीकर्ताले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट करसहित नगद र बोनस सेयर गरेर १३.१५ प्रतिशत प्रतिफल पाउनेछन्। कम्पनीको चुक्ता पुँजी हाल ५ अर्ब ४७ करोड २७ लाख रुपैयाँ छ।
घोषणा अनुसार सेयरधनीले लाभांश नगदमा चुक्ता पुँजीको ८.५ प्रतिशतले हुन आउने ४६ करोड ५१ लाख ८२ हजार ८७८ रुपैयाँ पाउनेछन्। यस्तै, चुक्ता पुँजीको ४ प्रतिशतले हुन आउने २१ करोड ८९ लाख ९ हजार ५८९ रुपैयाँ बराबरको बोनस सेयर पाउनेछन्।
उक्त लाभांश नेपाल बीमा प्राधिकरण र इन्स्योरेन्सको वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्। यसपटक घोषित लाभांश अघिल्लो पटकका तुलनामा घटेको हो।
नेशनल लाइफले आर्थिक वर्ष २०८०/८१ मा १० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। यस्तै, २०७९/८० मा १० प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।










