एनआईसी एशिया बैंकले पनि नेपालपे कार्ड जारी गर्ने, एनसीएचएलसँग गर्‍यो सम्झौता



बिजमाण्डू
२०८२ मंसिर १५ गते १४:५२ | Dec 1, 2025
एनआईसी एशिया बैंकले पनि नेपालपे कार्ड जारी गर्ने, एनसीएचएलसँग गर्‍यो सम्झौता

काठमाडौं। एनआईसी एशिया बैंकले पनि नेपालपे कार्ड जारी गर्ने भएको छ। बैंकले यस सम्बन्धमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग रणनीतिक सम्झौता गरेको जनाएको छ।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार एनसीएचएलद्वारा सञ्चालित स्वदेशी कार्ड योजना अन्तर्गतको यस नेपालपे कार्ड आफ्ना ग्राहकहरूलाई जारी गर्न बैंक प्रमुख साझेदार बनेको छ।

यस सम्झौताले बैंकलाई नेपालको राष्ट्रिय भुक्तानी स्वीचमा पूर्ण रूपमा एकीकृत हुन मद्दत गर्नुको साथै स्वदेशी कार्डको रुपमा परिचित नेपालपे कार्ड जारी गर्न बाटो खुलाउनेछ। साथै, देशभरका पीओएस र एटीएम नेटवर्कहरूमार्फत गरिने कारोबारहरू राष्ट्रिय शुल्क संरचना अन्तर्गत रहने सुनिश्चितता समेत गर्ने सम्झौतामा उल्लेख छ।

सम्झौताले बैंकका ग्राहकलाई आधुनिक, भरपर्दो र राष्ट्रिय मापदण्डको स्वदेशी कार्ड सेवाहरूमा पहुँच सुनिश्चित गरी डिजिटल बैंकिङप्रति बैंकको दृढ प्रतिबद्धतालाई टेवा दिनेछ।

नेपालपे कार्डमार्फत डिजिटल भुक्तानी गर्दै देशमा वित्तीय पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने बैंकले विश्वास लिएको छ।