काठमाडौं। निक्षेप तथा कर्जा सुरक्षण कोषले ४ अर्ब रुपैयाँभन्दा बढी रकम बैंकको मुद्दती निक्षेपमा लगानी गर्न लागेको छ।
बैंकले ४ अर्ब १५ करोड रुपैयाँ वाणिज्य बैंकको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो।
यसका लागि कोषले बैंकहरुसँग प्रस्ताव मागेको छ। बैंकहरुले आफूले स्वीकार गर्न चाहेको रकम र ब्याजदर उल्लेख गरी मंसिर १५ सम्म कोषसमक्ष बोलपत्र पेस गर्नु पर्नेछ।
बैंकहरुले पछिल्लो समय संस्थागत मुद्दती निक्षेपमा २.७५ प्रतिशत भन्दा बढी ब्याज दिइरहेका छैनन्। कतिपय बैंकले ऋणको माग नबढेर तरलता थुप्रिएका कारण संस्थागत मुद्दती निक्षेपमा अरुचि देखाइरहेका छन्।










