राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव



बिजमाण्डू
२०८२ मंसिर १० गते १०:५६ | Nov 26, 2025
राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै, बैंक तथा वित्तीय संस्थासँग माग्यो प्रस्ताव

काठमाडौं। नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ३० अर्ब रुपैयाँ उठाउने भएको छ। राष्ट्र बैंकले बोलकबोलमार्फत ४२ दिनका लागि रकम उठाउन लागेको हो।

Tata
GBIME
Nepal Life

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।

राष्ट्र बैंकले साँवा तथा ब्याज पुस २३ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको ३ खर्ब ८९ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।

राष्ट्र बैंकले अल्पकालीन प्रकृतिको निक्षेप एसडीएफमार्फत ४ खर्ब ३५ अर्ब रुपैयाँ प्रशोचन गरेको छ।