सुनको मूल्य आज ३ हजार ८०० रुपैयाँले घट्यो, तोलाको २ लाख ३९ हजार ५००



बिजमाण्डू
२०८२ मंसिर २ गते १२:०१ | Nov 18, 2025
सुनको मूल्य आज ३ हजार ८०० रुपैयाँले घट्यो, तोलाको २ लाख ३९ हजार ५००

काठमाडौं । सुनको मूल्य मंगलबार घटेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा आज ३ हजार ८०० रुपैयाँले घटेको हो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार मूल्य प्रति तोला २ लाख ३९ हजार ५०० रुपैयाँ निर्धारण भएको छ।

सोमबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर प्रति तोला २ लाख ४३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य मंगलबार तोलामा ६५ रुपैयाँले घटेर प्रति तोला ३ हजार ९० रुपैयाँमा आइपुगेको छ। सोमबार चाँदी तोलामा २० रुपैयाँ बढेर प्रति तोला ३ हजार १५५ रुपैयाँ पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस ४०१५.९५ डलर र चाँदी प्रतिऔंस ४९.७४ डलर रहेको छ।