कामना सेवा विकास बैंकको लाभांश घोषणा, लगानीकर्तालाई बोनस सेयर १० प्रतिशत, नगद कति?



बिजमाण्डू
२०८२ भदौ २२ गते १९:०८ | Sep 7, 2025
कामना सेवा विकास बैंकको लाभांश घोषणा, लगानीकर्तालाई बोनस सेयर १० प्रतिशत, नगद कति?

काठमाडौं। कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ।

Tata
GBIME
Nepal Life

बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५.७८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार लाभांशमध्ये १० प्रतिशत बोनस सेयर हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको १९औं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्। बैंकले पोहोर १२ प्रतिशत लाभांश वितरण गरेको थियो।

विकास बैंकतर्फ कामना सेवा लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको छ।