एभरेष्ट बैंकले भारतमा जित्यो दुई प्रतिष्ठित बैंकिङ अवार्ड



बिजमाण्डू
२०८२ भदौ १३ गते २१:०८ | Aug 29, 2025
एभरेष्ट बैंकले भारतमा जित्यो दुई प्रतिष्ठित बैंकिङ अवार्ड

काठमाडौं। एभरेष्ट बैंक लिमिटेड बेस्ट कमर्सियल बैंकसहित दुई प्रतिष्ठित बैंकिङ अवार्डबाट सम्मानित भएको छ।

Tata
GBIME
Nepal Life

नेपालतर्फको ‘बेस्ट कमर्सियल बैंक’ र ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटाविलिटी’ दुई विधामा एभरेष्टले विजेता हुँदै उक्त अवार्ड पाएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बताए।

भारतको नयाँ दिल्लीमा शुक्रबार एक कार्यक्रमबिच बैंकका असिस्टेन्ट जनरल म्यानेजर अञ्जु शर्माले बैंकका तर्फबाट उक्त अवार्ड रिसिभ गरेकी छन्।

इन्डियन चेम्बर अफ कमर्स १०० वर्ष पुगेको उपलक्ष्यमा भारतको नयाँ दिल्लीमा बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो।