काठमाडौं। सानिमा बैंकका ग्राहकले काठमाडौंस्थित चिरायु नेसनल अस्पतालमा छुट पाउने भएका छन्।
बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालको सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन्। अस्पतालको शय्या, परीक्षण शुल्क र औषधिको बिलमा ग्राहकले छुट पाउने बैंकले जनाएको छ।
बैंकका ग्राहकले छुट सुविधाका लागि डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।
डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न अस्पतालसँग सम्झौता गरेर छुटको व्यवस्था गरेको बैंकले सोमबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।










