सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, सेयरधनी र कर्मचारीले किड्स क्लिनिकमा छुट पाउने



बिजमाण्डू
२०८२ भदौ ५ गते ११:१५ | Aug 21, 2025
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, सेयरधनी र कर्मचारीले किड्स क्लिनिकमा छुट पाउने

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, सेयरधनी र कर्मचारीले काठमाडौंको मध्य वानेश्वरस्थित किड्स क्लिनिकमा छुट पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

बैंकले यस सम्बन्धमा क्लिनिकसँग सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका बालुवाटार शाखाका प्रबन्धक मनोहर महोत्रा र क्लिनिकका निर्देशक डा. पुष्पराज अवस्थीले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार क्लिनिकको बहिरङ्ग सेवा (ओपीडी) र प्रयोगशाला (ल्याब) शुल्क तथा औषधिमा बैंकका सेयरधनी र कर्मचारीले १५ प्रतिशत तथा ग्राहकले १० प्रतिशत छुट पाउनेछन्। ग्राहकले डेबिट कार्ड वा मोबाइल बैंकिङ सेवा लिएको हुनुपर्नेछ।