प्रभु बैंकका ग्राहक तथा कर्मचारीले जोय स्टोरबाट आईफोन र म्याकबुक किन्दा छुट पाउने



बिजमाण्डू
२०८२ भदौ १ गते १५:४१ | Aug 17, 2025
प्रभु बैंकका ग्राहक तथा कर्मचारीले जोय स्टोरबाट आईफोन र म्याकबुक किन्दा छुट पाउने

काठमाडौं। प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले काठमाडौं-२२ न्यूरोडस्थित जोय स्टोरमा एप्पलका ग्याजेट किन्दा छुट पाउने भएका छन्। बैंकले छुट प्रदान गर्ने सम्बन्धमा स्टोरसँग सम्झौता भएको जनाएको छ।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा जोय स्टोरका कार्यकारी निर्देशक गुरु दत्त शर्मा र प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी र ग्राहकले जोय स्टोरमा आईफोन र म्याकबुक खरिद गर्दा ५ प्रतिशत छुट पाउनेछन्। त्यस्तै आईफोन र म्याकबुकका एसेसोरिजमा २० प्रतिशतसम्म छुट पाउने बैंकले बताएको छ।

त्यसैगरी, बैंकका क्रेडिट कार्डवाहकले इन्स्टापे स्किमबाट किस्ताबन्दीको सुविधा पनि पाउने छन्।