काठमाडौं। एनआईसी एसिया बैंकका ग्राहकले काठमाडौंको फ्रन्टलाइन अस्पतालमा छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन अस्पतालसँग सम्झौता गरेको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र अस्पतालका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालको सेवामा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्।
यो सुविधाका लागि ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने बैंकले मंगलबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।










