एनआईसी एशिया बैंकका ग्राहकले लेमोन ट्री प्रिमियरमा २० प्रतिशतसम्म छुट पाउने



बिजमाण्डू
२०८२ साउन १४ गते १५:०२ | Jul 30, 2025
एनआईसी एशिया बैंकका ग्राहकले लेमोन ट्री प्रिमियरमा २० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच बैंकका ग्राहकहरुलाई लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौतासँगै बैंकका ग्राहकहरुले अब लेमोन ट्री प्रिमियरमा सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरुले उक्त होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्न सक्नेछन्। 

सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका छन्।

यो सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरि वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ।

बुढानीलकण्ठ हेरिटेज लिमिटेडसँगको यस सहकार्यले ग्राहकहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।