एनआईसी एशिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा १०% छुट



बिजमाण्डू
२०८२ साउन ११ गते १२:२९ | Jul 27, 2025
एनआईसी एशिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा १०% छुट

काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा छुट पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

बैंकले छुट दिने सम्बन्धमा लिजा श्री इन्टरप्राइजेजसँग सम्झौता भएको जनाएको छ। यस सम्झौतापछि बैंकका ग्राहकले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ति युनिसेक्स सैलुनका शाखाहरूमा सेवा लिएर डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका ग्राहकले नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केट, हेटौंडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ, नारायणघाटस्थित जोशी भवन र वीरगंजस्थित रुङ्टा मलमा रहेका सैलुनका शाखाहरूबाट उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन्।

यस सुविधाको उपभोग गर्न बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ। यस सहकार्यले ग्राहकलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।