काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा स्वास्थ्य उपचार गराउँदा छुट पाउने भएका छन्। बैंकले हस्पिटलसँग छुटबारे सम्झौता गरेको जनाएको छ।
सम्झौता पत्रमा बैंकका डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार अब बैंकका ग्राहकले ओम हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्।
यस सुविधा पाउन ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने बैंकले बताएको छ।
बैंकले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सशक्त रुपमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरुप ओम हस्पिटलसँगको सहकार्यले ग्राहकको स्वास्थ्य उपचार र मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गर्न सहयोग पुग्ने विश्वास लिएको छ।










