भक्तपुरको सागमा भेटियो विषादीको मात्रा उच्च, बेमौसमी तरकारी उपभोगमा सतर्कता जरुरी

बिजमाण्डू
२०८२ असार २४ गते १२:०८ | Jul 8, 2025
भक्तपुरको सागमा भेटियो विषादीको मात्रा उच्च, बेमौसमी तरकारी उपभोगमा सतर्कता जरुरी
कालीमाटी तरकारी बजार । फाइल तस्वीर

काठमाडौं। कालिमाटी थोक बजारमा बिक्रीका लागि ल्याइएको भक्तपुरको सागमा विषादीको मात्रा उच्च पाइएको छ। केन्द्रीय कृषि प्रयोगशालाले ल्याबमा गरेको परिक्षणमा रायोको सागमा ८२.७८ प्रतिशत कार्वामेन्ट भेटिएको हो।

Tata
GBIME

तोकेको मापदण्डभन्दा बढी विषादीको अवशेष भेटिएपछि खान अयोग्य प्रमाणित भएको छ। उक्त खेपको साग बिक्री रोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

रायो साग यति बेलाका लागि बेमौसमी तरकारी हो। बेमौसमी तरकारीमा रोगकीरा बढी लाग्ने भएकाले किसानले विषादी प्रयोग गर्छन्। तर, बेच्न ल्याउँदा भने विषादीको असर घटेको हुनुपर्छ। विषादीको मात्रा उच्च भेटिनु भने उपभोक्ताले बेमौसमी तरकार खानुअघि उच्च सतर्कता अपनाउनुपर्ने देखिएको छ।

४५ प्रतिशत भन्दा बढी विषादीको अवशेष भेटिएको खण्डमा उक्त तरकारी नष्ट गर्नुपर्ने हुन्छ। केही समययता हरिया तरकारीमा विषादीको मात्रा उच्च भेटिन कम भएको थियो। अफसिजनको यस्ता तरकारीमा विषादीको मात्रा बढी हुने गरेको बजार विकास समितिले जनाएको छ।