टीभीएसको नयाँ स्कुटर जुपिटर नेपाली बजारमा प्रवेश, मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ

बिजमाण्डू
२०८२ असार २४ गते १०:२७ | Jul 8, 2025
टीभीएसको नयाँ स्कुटर जुपिटर नेपाली बजारमा प्रवेश, मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ

काठमाडौं । टीभीएस ब्रान्डको नयाँ स्कुटर जुपिटर नेपाली बजारमा प्रवेश गरेको छ। टीभीएस ब्रान्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले उक्त स्कुटर सोमबार नेपाली बजारमा सार्वजनिक गरेको हो।

Tata
GBIME

यो नयाँ स्कुटरमा सिंगल सिलिण्डर, फोर स्ट्रोक र टू भल्भ भएको ११३ सीसी क्षमताको इन्जिन राखिएको छ। यसले ८ हर्स पावर र ९.२ एनएम टर्क उत्पादन गर्छ।

कम्पनीले यसमा १५ वटा फस्ट क्षन क्लास र १४ बेस इन क्लास फिचरहरु उपलब्ध रहेको जनाएको छ।

यसमा दुईवटा हाल्फ हेलमेट अट्ने स्टोरेज छ भने टर्न सिग्नल ल्याप रिसेट गर्न मिल्छ। साथै इमर्जेन्सी ब्रेक अलर्ट सिस्टम र एडभान्स्ड स्टप गो प्रविधिका कारण १० प्रतिशत राम्रो माइलेज दिन्छ।

कम्पनीले उक्त जुपिटर स्कुटरको मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ तोकेको छ।