
काठमाडौं । मोरिस ग्यारेज (एमजी) को नयाँ गाडी एमजी वीन्डसर इभी बुधबारदेखि नेपाली बजारमा प्रवेश गर्ने भएको छ। एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी वीन्सर नेपाली बजारमा ल्याएको हो।
यो गाडी भारतमा उत्पादन गरिएको हो। यसअघि एमजी कोमेट इभी भारतमा उत्पादन भएर नेपाली बजारमा बिक्री भइरहेको छ।
कम्पनीले बुधबारदेखि बिक्री गर्न लागेको उक्त गाडी दुईवटा इसेन्स र एक्सक्लुसिभ भेरियन्टमा उपलब्ध छन्। यसको अधिकतम खुद्रा मूल्य (एमआरपी) यसअघि भन्सार प्रायोजनका लागि एक्सक्लुसिभ भेरियन्टको ३९ लाख ४९ हजार रुपैयाँ र इसेन्स भेरियन्टको ४२ लाख ४९ हजार रुपैयाँ तोकिएको थियो। तर, मूल्य बुधबार बिक्री गर्ने गरि केही फरक राख्न सकिनेछ।
यसमा ३८ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक दिइएको छ। यसलाई एक पटकको फुल चार्जमा ३३२ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ।