शीतल निवासमा धान दिवस, राष्ट्रपति पौडेलले हिलो सम्याए, रोपाइँ गरे (तस्विरहरु)

बिजमाण्डू
२०८२ असार १५ गते १०:०७ | Jun 29, 2025
शीतल निवासमा धान दिवस, राष्ट्रपति पौडेलले हिलो सम्याए, रोपाइँ गरे (तस्विरहरु)

काठमाडौं । धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ। राष्ट्रपति कार्यालयद्धारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी थिए।

Tata
GBIME

रोपाइँ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यवसायिक बनाउनुपर्ने बताएका छन्।

कृषिलगायत सबै खाले श्रमको सम्मानको संस्कृति र धान उत्पादनमा प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको उनले बताए।

उनले कृषि पेशामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भको रुपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने समेत बताएका थिए।

रोपाइँपछि दही चीउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो।

सबै तस्विर : राष्ट्रपति कार्यालय