बहराइनले पनि गर्‍यो एयरस्पेस बन्द, नागरिकलाई भन्यो : खतरा नटरेसम्म घरमा सुरक्षित ठाउँमा बस्नु

बिजमाण्डू
२०८२ असार ९ गते २३:५३ | Jun 23, 2025
बहराइनले पनि गर्‍यो एयरस्पेस बन्द, नागरिकलाई भन्यो : खतरा नटरेसम्म घरमा सुरक्षित ठाउँमा बस्नु

बहराइनले आफ्ना नागरिकहरुलाई सुरक्षित रहन भनेको छ। इरानले खाडी क्षेत्रमा रहेको अमेरिकी एयरबेसमा आक्रमण गरिरहँदा बहराइनले आफ्नो एयरस्पेस बन्द गरिसकेको छ।

Tata
GBIME

इरानले कतारको अल अधि अमेरिकी मिलिटरी बेसमा आक्रमण गरेपछि बहराइनले यो घोषणा गरेको हो।

बहराइनमा पनि अमेरिकाको नौसेनाको बेस रहेको छ। सो बेसले ग्लफ, रेड सी, अरेबियन सी र इन्डियन ओसियन हेर्ने गर्छ।

बहराइनको गृह मन्त्रालयले आफ्ना नागरिकलाई सुरक्षित रहन पनि भनेको छ। विस्फोट लगायत कुनै पनि प्रकारको आवाज सुने घरको सुरक्षित ठाउँमा बस्न भनिएको छ। खतरा नटरेसम्म भवन वा कुनै पनि क्षेत्रमा सुरक्षित बस्न भनिएको छ।

बहराइनमा पनि थुप्रै नेपालीहरु विभिन्न कामको सिलसिलामा कार्यरत छन्।