लगातार चार दिनको गिरावटपछि दोहोरो अंकले बढ्यो नेप्से, आकर्षण जलविद्युत कम्पनीमा

बिजमाण्डू
२०८२ जेठ २६ गते १५:३१ | Jun 9, 2025
लगातार चार दिनको गिरावटपछि दोहोरो अंकले बढ्यो नेप्से, आकर्षण जलविद्युत कम्पनीमा

काठमाडौं। लगातार चार दिन गिरावटपछि सेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक सोमबार २३.१९ अंकले बढेर २६५३.०९ विन्दु कायम भएको छ।

Tata
GBIME

नेप्से गत मंगलबारदेखि आइतबारसम्मको चार कारोबार दिनमा ६४.७५ अंकले घटेको थियो। सोमबार होटल जीवन बीमा र व्यापार बाहेकका बाँकी उपसूहले नेप्से बढाएका हुन्। अन्य समूहको सूचक सबैभन्दा धेरै २.६३ र जलविद्युत उपसमूहको सूचक २.३५ प्रतिशतले उकालो लागेको छ।

बजारमा ८ अर्ब ६८ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। चार वटा जलविद्युत कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ।

सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा पनि जलविद्युत कम्पनी नै छन्। राधी विद्युत कम्पनीको सबैभन्दा धेरै ६२ करोड २८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।