सेयर बजार ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा, ७ अर्ब ९७ करोडको सेयर कारोबार

बिजमाण्डू
२०८२ जेठ २२ गते १५:४७ | Jun 5, 2025
सेयर बजार ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा, ७ अर्ब ९७ करोडको सेयर कारोबार

काठमाडौं। साताको अन्तिम कारोबार दिन पनि सेयर बजार सूचकले बढोत्तरीको लय लिन सकेन। नेप्से सूचक बिहीबार ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा आएको छ। कारोबार रकममा भने अघिल्लो दिनका तुलनामा सुधार आएको छ।

Tata
GBIME

कारोबारमा आएका जलविद्युत र लगानी बाहेकका सूचकले बजार घटाएका हुन्। नेप्से तीन दिनमा ५३.६९ अंकले ओरालो लागेको छ।

उत्पादन तथा प्रशोधन क्षेत्रको सूचक सबैभन्दा धेरै १.०४ प्रतिशतले घटेको छ। १५३ कम्पनीका लगानीकर्ता नोक्सानमा रहे। ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य सबैभन्दा धेरै ९.३० प्रतिशतले घटेको छ। कारोबारीहरु किनबेचमा आक्रामक नदेखिँदा अझै ‘पर्ख र हेर’को अवस्थामा रहेको संकेत बजारले गरेको छ।

९४ कम्पनीको सेयरमूल्य बढ्दा भने लगानीकर्ताले कमाएका छन्। रिभर फल्स पावरको सेयरमूल्य बढेर सर्किट लागेको छ। बुटबल पावर र पियोर इनर्जीको सेयर ९.९८ प्रतिशतले बढेको छ। वरुण हाइड्रोपवर ९.९६ र सप्तकोशी विकास बैंकको सेयर ९.५० प्रतिशतले बढेको छ।

बजारमा ७ अर्ब ९७ करोड रुपैयाँको सेयर किनबेच हुँदा जलविद्युत कम्पनी अग्रणी रहे। राधी विद्युतको सर्वाधिक ९१ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै युनिभर्सल पावरको ६४ करोड ३७ लाख र बुटवल पावरको ४९ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यसअघि बुधबार नेप्से सूचक ११.९७ को दोहोरो अंकले घटेर २६४६.९५ विन्दुमा रहँदा ५ अर्ब १६ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।