
काठमाडौं। सेयर बजार लगातार ओरालो लाग्ने क्रम बुधबार पनि थामिएन। नेप्से सूचक ११.९७ अंकले घटेर २६४६.९५ विन्दुमा आएको छ। कारोबारमा आएका म्युचुअल फण्ड र ट्रेडिङ बाहेकका सूचकले बजार घटाएका हुन्।
१८१ कम्पनीको सेयर मूल्य घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सर्वाधिक ५.८१ प्रतिशतले घटेको छ। दोहोरो अंकले घटेको बजारमा ६६ कम्पनीको सेयरमूल्य बढ्दा भने तिनका लगानीकर्ता फाइदामा रहे।
ओम मेगाश्री र पियोर इनर्जीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। सूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ। मंगलबार ६ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएकामा बुधबार ५ अर्ब १६ करोड ३३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै ३६ करोड २५ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, राधी विद्युत कम्पनी २९ करोड ८७ लाख र ङादी ग्रुप पावरको २२ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।