सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से २६५८.९३ विन्दुमा, कारोबार रकम पनि घट्यो

बिजमाण्डू
२०८२ जेठ २० गते १५:३९ | Jun 3, 2025
सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से २६५८.९३ विन्दुमा, कारोबार रकम पनि घट्यो

काठमाडौं। सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा आएको छ।

Tata
GBIME

कारोबारमा आएका सबै समूहका सूचक घटेका छन्। वाणिज्य बैंक उपसमूह सर्वाधिक २.३४ प्रतिशतले घटेको छ। २१४ कम्पनीको सेयर मूल्य घट्दा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर सर्वाधिक ४.३८ प्रतिशतले ओरालो लागेको छ।

३४ कम्पनीको सेयर मूल्य बढेको छ। पियोर इनर्जीको सेयरमूल्य बढेर सर्किट लागेको छ। ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा ९.९४ प्रतिशतको बढोत्तरी छ।

सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार ९ अर्बभन्दा बढीको सेयर किनबेच भएकामा मंगलबार कारोबार ६ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ सीमित भएको छ।

राधी विद्युत कम्पनीको सर्वाधिक ६० करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, युनिभर्सल पावर ४१ करोड १५ लाख र ङादी ग्रुप पावरको ४० करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ।