
काठमाडौं । सरकारले विद्युतीय पिकअपमा एसएस कोड थप गरेर भन्सार र अन्त:शुल्क लगाएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको लागि तयार पारेको आर्थिक विधेयकमा इभी पिकअपको नयाँ एचएस कोड राखेर २० प्रतिशत भन्सार र १० प्रतिशत अन्त:शुल्क कर लगाएका हुन्।
यसअघि यसको कुनै शिर्षक छुट्याइएको थिएन। तर, आर्थिक विधेयक मार्फत डबल क्याव विद्युतीय पिकअपमा ८७०४ ६० ३२ उपशीर्षक कायम गरेर २० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क कायम गरिएको हो। यस्तै, अर्को ८७०४ ६० ३१ एचएस कोडमा सिंगल क्याब कायम गरि १५ प्रतिशत भन्सार शुल्क र ५ प्रतिशत अन्तशुल्क लगाइएको छ।
हालसम्म यी इभी पिकअपहरु अन्य शीर्षकमा भन्सार पास भइरहेका थिए। यसमा दुवै पिकअपलाई एउटा दरमा राखेर भन्सार पास भइरहेका थिए। तर, पेट्रोल तथा डिजल पिकअपमा भने डबल र सिंगलमा एसएस कोड राखेर भन्सार पास भइरहेका छन्।