विष्णुको बजेटबारे जनार्दन : उत्पादनमुखी अर्थनीति अँगाल्न सकेन, पुरानैको निरन्तरता



बिजमाण्डू
२०८२ जेठ १५ गते १८:२४ | May 29, 2025
विष्णुको बजेटबारे जनार्दन : उत्पादनमुखी अर्थनीति अँगाल्न सकेन, पुरानैको निरन्तरता

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्माले सरकारले आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरेको बजेटले उत्पादनमुखी अर्थनीति अँगाल्न नसकेको बताएका छन्।

Tata
GBIME
Nepal Life

आज अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८२/८३ को बजेट पढेपछि प्रतिक्रिया दिँदै शर्माले भने ‘उत्पादनमुखी अर्थनीति भएन। झल्याकझुलक मात्र छ यो। अहिलेको अवस्थामा देश चल्दैन। पुन:संरचना नगरी हुँदैन। आत्मनिर्भरता तिर गएन।’ 

उनले १० अर्ब स्वास्थ्य बीमाको कुरा समान्य भएको भन्दै कार्यान्वयनका लागि कर्मचारीतन्त्र मानसिक रुपमा नै बदल्न आवश्यक रहेको समेत बताए।

‘ठूलो दलले बजेट ल्याउँदैमा केही हुने होइन। निजगढ विमानस्थल निर्माणका लागि राज्यले लगानी गर्न सक्दैन। बजेट कार्यान्वयनमा विगतमा जे थियो त्यसैको निरन्तरता हो,’ उनले भने।