सूचीकृत कम्पनी र संस्थागत लगानीकर्ताका लागि लगानीको नयाँ उपकरण खुला गरिने



बिजमाण्डू
२०८२ जेठ १५ गते १७:५८ | May 29, 2025
सूचीकृत कम्पनी र संस्थागत लगानीकर्ताका लागि लगानीको नयाँ उपकरण खुला गरिने

काठमाडौं। सरकारले संस्थागत लगानीकर्तालाई लगानीको नयाँ उपकरण खुला गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सेयर बजारमा सूचीकृत कम्पनी र अन्य संस्थागत लगानीकर्तालाई उद्योगको स्व:पुँजी, ऋणपत्र लगायत अन्य क्षेत्रमा लगानी गर्न सहजीकरण गरिने बताएका हुन्।

Tata
GBIME
Nepal Life

‘धितोपत्र बजारमा सूचीकृत लगानी कम्पनी र अन्य संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्वःपुँजी, ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिनेछ,’ उनले भने।

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न सक्ने गरी कानुनी व्यवस्था गरिने उनले बताए।