हवाई यातायातमा लगाइएको मूल्य अभिवृद्धि कर यथावत, कर बुझाएमा जरिवानामा सहुलियत



बिजमाण्डू
२०८२ जेठ १५ गते १७:५५ | May 29, 2025
हवाई यातायातमा लगाइएको मूल्य अभिवृद्धि कर यथावत, कर बुझाएमा जरिवानामा सहुलियत

काठमाडौं । सरकारले हवाई यातायातमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) यथावत नै गरेको छ।

Tata
GBIME
Nepal Life

आज बजेट वक्तव्यमा अर्थ मन्त्री विष्णु पौडेलले हवाई यातायातमा लगाइएको मूल्य अभिवृद्धि कर यथावत् नै राखिएको बताएका हुन्।

यस्तै, उनले भ्याट तिर्न बाँकी रहेका अन्तर्राष्ट्रिय उडान सेवा दिँदै आएका वायुसेवा कम्पनी, टिकट बिक्रेतालाई विवरण र कर बुझाएमा व्याज, थप दस्तुर विलम्ब शुल्क र जरिवानामा सहुलियत दिने व्यवस्था गरेको पनि बताएका छन्।