काठमाडौं। सरकारले विद्युतीय सवारीसाधनमा कर नबढाउने भएको छ। उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै विद्युतीय सवारीसाधनमा कर नबढाएको बताएका हुन्।
इभीलाई प्रोत्साहित गर्न र वातावरणीय प्रदूषण कम गर्नलाई कर यथावत राखिएको उनले बताए। उनका अनुसार विद्युतीय सवारीसाधनले आन्तरिक उत्पादन भएको विद्युत खपत बढाउने योगदान गर्ने भएकाले पनि कर नबढाइएको हो।
यसअघि नेपाली अटोमोबाइल बजारमा सरकारले इभीका लागि करका दर बढाउन सक्ने शंका गर्दै व्यवसायीले बजेट घोषणा अघि हतार हतार आयात परिमाण ह्वात्तै बढाएका थिए।










