ऊर्जा मन्त्रालयका लागि ८६ अर्ब १ करोड विनियोजन, कुन कुन क्षेत्र पुर्‍यो प्राथमिकतामा ?

बिजमाण्डू
२०८२ जेठ १५ गते १७:१३ | May 29, 2025
ऊर्जा मन्त्रालयका लागि ८६ अर्ब १ करोड विनियोजन, कुन कुन क्षेत्र पुर्‍यो प्राथमिकतामा ?


काठमाडौं । सरकारले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ८६ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ।  

Tata
GBIME

अर्थमन्त्री विष्ण पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै प्रसारण लाइन विस्तार र वितरण आयोजनाका लागि १३ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन्।

‘जनताको जलविद्युत कार्यक्रम अन्तर्गत नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन र इच्छुक नेपाली नागरिकको सह-लगानीमा उच्च प्रतिफलको सम्भावना भएका जलविद्यतु आयोजनामा निर्माण गरिनेछ। राष्ट्रिय प्रसारण प्रणालीदेखि उद्योग स्तरसम्मको प्रसारण लाइन उद्योगआफैंले निर्माण गरेमा ह्वीलिङ चार्ज पाउने व्यवस्था गरिने छ,’ पौडेलले भने।

आगामी आर्थिक वर्ष जलविद्युत आयोजनाबाट थप ९४२ मेगावाट विद्युत उत्पादन भइ कूल जडित क्षमता ४ हजार ८०० मेगावाट पुग्ने सरकारको अनुमान छ।

अर्थमन्त्री पौडेलले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआर गर्ने पनि बताएका छन्। वैकल्पिक ऊर्जातर्फ २ अर्ब ३३ करोड रुपैयाँ छुट्याइएको छ। भेरी बबइ, रानी जमरा कुलरिया, महाकाली, सिक्टा र बृहत दाङ उपत्यका सिंचाइ आयोजना निर्माणका लागि ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ।

भेरि बबई आयोजनको हेडवर्कस् र पावर हाउस निर्माणका लागि २ अर्ब ७ करोड छुट्याइएको छ।