
काठमाडौं। सरकारले काठमाडौं उपत्यकामा संचालनमा रहेका उद्योगलाई बाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गर्ने भएको छ। बाहिर स्थानान्तरण गरेर राजधानीको प्रदूषण नियन्त्रण गर्न प्रोत्साहन गरिने भएको छ।
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेले यस्ता उद्योगलाई निःशुल्क लिजमा जग्गा उपलब्ध गराउने व्यवस्था गरिने बताएका छन्।
उद्योग, व्यवसाय, कृषि फर्म, हाउजिङ र अपार्टमेन्टका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न पाउने बजेटमा उलेख गरिएको छ।