
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा पूर्व-पश्चिम राजमार्गको गड्डाचौकी-अत्तरिया सडकखण्डको स्तरोन्नति गर्ने भएको छ।
बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत सो सडकखण्ड निर्माण गरिने बताएका हुन्।
पूर्व-पश्चिम राजमार्गको गड्डाचौकी-अत्तरिया सडकखण्ड स्तरोन्नति गर्न आगामी वर्षका लागि सरकारले २१ अर्ब १९ करोड बजेट विनियोजन गरेको छ।