युवालाई ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा, बिनाधितो २ देखि २० लाखसम्म

बिजमाण्डू
२०८२ जेठ १५ गते १६:२९ | May 29, 2025
युवालाई ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा, बिनाधितो २ देखि २० लाखसम्म


काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा युवालाई ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उल्लेख गरेको छ।

Tata
GBIME

बिहीबार संघीय संसदको संयुक्त बैठकमा २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन्।

उनका अनुसार शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षण र परियोजना प्रस्तावका आधारमा बिनाधितो २ लाख देखि २० लाखसम्म दिइने छ।

यस्तो ऋण ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जाका रुपमा उपलब्ध गराइने उनले बताए।