पूर्वाधार विकासलाई टेवा पुग्ने गरी आयोजनाको क्षेत्र निर्धारण र ईआइए एकै पटक स्वीकृति गरिने



बिजमाण्डू
२०८२ जेठ १५ गते १६:१२ | May 29, 2025
पूर्वाधार विकासलाई टेवा पुग्ने गरी आयोजनाको क्षेत्र निर्धारण र ईआइए एकै पटक स्वीकृति गरिने

काठमाडौं। उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षमा वातावरणीय प्रभाव मूल्यांकनलाई प्रभावकारी बनाइने बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले बिहीबार संघीय संसद्को सयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ईआइए गर्ने काम छिटो छरितो र सहज बनाइने बताएका हुन्।

उनले आयोजनाको क्षेत्र निर्धारण र ईआइए एकै पटक स्वीकृत गर्ने व्यवस्था मिलाउने पनि बताए। यसरी प्रतिवेदन स्वीकृत भएपछि रुखको कटानहरू गर्न संख्या घटेमा वा १० प्रतिशत बढेमा पुरक वातावरणीय प्रभाव मूल्यांकन गर्न नपर्ने व्यवस्था समेत गरिने भएको छ।