
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ।
बिहीबार संघीय संसदको संयुक्त्त बैठकमा २०८२/०८३ को बजेट प्रस्तु गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरेको बताएका हुन्।
त्यसक्रममा उनले सामाजिक सुरक्षाका रुपमा राज्यबाट दोहोरो सुविधन लिने कार्यलाई अन्त्य गरिने बताए। साथै, सामाजिक सुरक्षा भत्तामा प्रदेश र स्थानीय तहलाई पनि संलग्न गराउने बताए।