स्टार्टअप उद्यमलाई ऋण दिन ७३ करोड विनियोजन, युवालाई काम दिन सक्ने बनाइने

बिजमाण्डू
२०८२ जेठ १५ गते १६:०१ | May 29, 2025
स्टार्टअप उद्यमलाई ऋण दिन ७३ करोड विनियोजन, युवालाई काम दिन सक्ने बनाइने


काठमाडौं। उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमा स्टार्टअप उद्यमलाई ७३ करोड रुपैयाँ विनियोजन गरेका छन्।

Tata
GBIME

संघीय संसदको संयुक्त सदनमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उनले स्टार्टअप उद्यमका लागि उक्त बजेट छुट्याइएका बताएका हुन्। उक्त रकमले स्टार्टअप उद्यमीलाई ऋण दिन सहज हुने उनको भनाइ छ।

उनले युवा वर्गमा काम खोज्ने हैन काम दिने वातावरण बनाउने बताए। त्यसका लागि सरकारले विभिन्न संस्थाहरुसँग विशेष तालिम गराएर उद्यममा सहयोग गर्ने उल्लेख गरे।