सहकारी समस्या समाधान गर्न अपचलन गर्नेका सम्पत्ति लिलाम गर्दै चक्रीय कोषमा बिउ पुँजी

बिजमाण्डू
२०८२ जेठ १५ गते १५:५२ | May 29, 2025
सहकारी समस्या समाधान गर्न अपचलन गर्नेका सम्पत्ति लिलाम गर्दै चक्रीय कोषमा बिउ पुँजी


काठमाडौं। सरकारले सहकारी संस्थाहरुको रकम अपचलन गर्नेहरुको सम्पत्ति लिलाम बिक्री गरि चक्रीय कोषको स्थापनाको लागि बिउ पुँजी व्यवस्था गर्ने भएको छ।

Tata
GBIME

अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त सदनमा बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। सहकारीमा बचत डुबेकाहरुको रकम फिर्ताका लागि चक्रिय कोष स्थापनार्थ बिउ पुँजी व्यवस्था हुने उनले बताए।

त्यस्तै सहकारी ठगीमा संलग्नहरुको सम्पत्ति रोक्का र राहदानी समेत खारेज गरिने उनले बताए।