चालु आर्थिक वर्ष १६ खर्ब ६२ अर्ब रुपैयाँ बजेट खर्च हुने सरकारको संशोधित अनुमान



बिजमाण्डू
२०८२ जेठ १५ गते १५:२४ | May 29, 2025
चालु आर्थिक वर्ष १६ खर्ब ६२ अर्ब रुपैयाँ बजेट खर्च हुने सरकारको संशोधित अनुमान

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष १६ खर्ब ६२ अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान सुनाएका छन्।

Tata
GBIME
Nepal Life

उनले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा विनियोजनको ८९.४ प्रतिशत बजेट खर्च हुने बताए।

उनका अनुसार चालुतर्फ ८८.५, पुँजीगततर्फ ८३.४ र वित्तीय व्यवस्थापनतर्फ ९७.६ प्रतिशत बजेट खर्च हुने अनुमान गरेको बताए। अर्थ मन्त्रालयले १२ खर्ब ६७ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा १७.१ प्रतसिशत धेरै हो।