
काठमाडौं। सेयर बजार ७.९४ अंकले घटेको छ। कारोबार खुलेको केही समय ८८ अंकले बढेको बजार अन्तिममा २६६९.५१ विन्दुमा आएको हो। कारोबार रकम भने बढेको छ।
सरकारले मंगलबार नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त गरेपछि उत्साहित बनेको बजारमा बुधबार उतारचढाव देखिएको थियो। गभर्नर नियुक्त भएका विश्वनाथ पौडेलले बुधबार कार्यभार सम्हालिसकेका छन्।
आज बैंकिङ, विकास बैंक र म्युचुअल फण्ड बाहेकका १० उपसमूहले बजार घटाएका हुन्। १५३ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। स्वेतगंगा हाइड्रोपावरको मूल्य सर्वाधिक ८.३२ प्रतिशतले घटेको छ।
९३ कम्पनीको सेयरमूल्य उकालो लागेको छ। ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमा मूल्य बढेर पोजेटिभ सर्किट लागेको छ।
बजारमा १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक राधी विद्युतको ७१ करोड रुपैयाँको कारोबार भएको छ।
यस्तै, माउन्टेन इनर्जी नेपाल ५९ करोड १० लाख र ङादी ग्रुपवारको ५७ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यसअघि लगातार एक साताको गिरावटपछि मंगलबार नेप्से परिसूचक उकालो लाग्दै २६७७.४५ विन्दुमा पुगेको थियो। ७ अर्ब ३१ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।