साताको गिरावटपछि सेयर बजार १९.३० अंकले बढेर २६२८.३६ विन्दुमा, कारोबार रकम भने घट्यो

बिजमाण्डू
२०८२ जेठ ५ गते १५:४२ | May 19, 2025
साताको गिरावटपछि सेयर बजार १९.३० अंकले बढेर २६२८.३६ विन्दुमा, कारोबार रकम भने घट्यो

काठमाडौं। लगातार एक साता ओरालो लागेको सेयर बजार सोमबार दोहोरो अंकले बढेको छ। नेप्से सूचक १९.३० अंकले बढेर २६२८.३६ विन्दुमा पुगेको छ। कारोबार रकम भने अघिल्लो दिनका तुलनामा घटेको छ।

Tata
GBIME

कारोबारमा आएका होटल तथा पर्यटन बाहेकका सूचकहरुले बजार बढाएका हुन्। विकास बैंकको सूचक १.८८ र बैंकिङ समूहको सूचक १.१७ प्रतिशतले बढेको छ।

१८५ कम्पनीका लगानीकर्ताले कमाएका छन्। ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। सप्तकोसी ड‍ेभलपमेन्ट, सिन्धु विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स र तेह्रथुम पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।

६० कम्पनीको मूल्यमा गिरावट आएको छ। विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।

बजारमा ७ अर्ब ३५ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। राधी विद्युतको सर्वाधिक ५९ करोड ७६ लाख र नेपाल रि-इन्स्योरेन्सको ५१ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

यसअघि आइतबार नेप्से परिसूचक आइतबार २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा रहँदा ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो।