नेसनल लाइफ इन्स्योरेन्सद्वारा १० प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश घोषणा

बिजमाण्डू
२०८२ बैशाख ३१ गते ११:३९ | May 14, 2025
नेसनल लाइफ इन्स्योरेन्सद्वारा १० प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश घोषणा


काठमाडौं। नेसनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

Tata
GBIME
NLIC

इन्स्योरेन्सका सेयरधनीले १० प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर पाउने छन्। कम्पनीको अहिले ५ अर्ब २१ करोड रुपैयाँ चुक्ता पुँजी छ।

इन्स्योरेन्सले चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने कर प्रयोजनसहित ५२ करोड १२ लाख नगद र २६ करोड ६ लाख रुपैयाँ प्रतिफल घोषणा गरेको हो।

कम्पनीको वार्षिक साधारण सभा र नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि सेयरधनीले लाभांश पाउनेछन्। इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० मा १० प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

यस्तै, २०७८/७९ मा ६.५ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। कम्पनीले २०७७/७८ मा १५ प्रतिशत बोनस र २०७६/७७ मा १९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।